कैलाली कारागारमा कैदीको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १ गते ८:०६ मा प्रकाशित

कैलाली, १ असोज– कैलाली कारागारमा एक कैदीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २३ वर्षीय दीपक विक छन् । घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय विक हाडनाता करणी मुद्दामा कारागार चलान भएका थिए ।

सोमबार अपराह्न शौचालयमा लडिरहेको अवस्थामा भेटिएका विकको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीका डिएसपी कबिन्द्रसिंह बोहोराले बताए ।

शव पोष्टमार्टमका लागि सोही अस्पतालको शव गृहमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us