मेटमणि चौधरीमाथि देश द्रोहको मुद्दा लागउनुपर्छ: एमाले सांसद ढकाल

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १४:०७ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले पूर्वमन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष मेटमणि चौधरीलाई देश द्रोहको मुद्दा लगाउन माग गरेका छन ।

आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद ढकालले यस्तो माग गरेका हुन । उनले चौधरीको अभिव्यक्ति संविधानविरित तथा राष्ट्रघात भएकाले मुद्दा चलाउन आग्रह गरेका हुन् ।

उनले भने, ‘कालापानी नेपालको भू–भाग होइन भनेर दिएका एकजना पूर्वमन्त्री तथा पार्टीका पदाधिकारीबाट कालापानी क्षेत्र नेपालको होइन भारतको दाबी पुग्छ भनेर अभिव्यक्ति दिनुभएको छ ।

उहाँको अभिव्यक्ति संविधानविपरित गम्भीर राष्ट्रघात भएको छ । उहाँलाई तत्काल देशद्रोहको मुद्दा लगाउन म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us