नियमित संसद्‌मा उपस्थित सांसदहरूको नाम सार्वजनिक गरियोस्ः रामहरि खतिवडा

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले संसद्‌मा नियमित उपस्थित भएका सांसदका नाम सार्वजनिक गर्न आग्रह गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै महिनाको अन्तिम दिन १० दिन अनुपस्थित रहेका सांसदहरूको नाम सार्वजनिक गरिने भएकाले अबदेखि नियमित उपस्थितिको पनि नाम सार्वजनिक गर्न सभामुखसँग आग्रह गरेका छन ।

उनले भने, ‘सभामुखलाई मेरो आग्रह छ । हरेक महिनाको अन्तिम दिन संसद्‌मा १० दिन अनुपस्थिति रहने सांसदको नाम सार्वजनिक गरिन्छ । अबदेखि नियमित उपस्थित हुने सांसदहरूको पनि सार्वजनिक गरियोस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us