४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको समितिको निष्कर्ष

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १४:११ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्ष निकालेको छ ।

आज (सोमबार) अन्तिम रुप दिइएको समितिको प्रतिवेदनमा ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरिएको समितिका एक सदस्यले जानकारी दिएका छन ।

प्रतिवेदन १८ परिच्छेदमा रहेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई आवश्यक सुझाव र कारबाही सिफारिस गरिएको उनले जानकारी दिए ।

प्रतिवेदनमा सहकारीबाट पैसा लैजान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता नरहेको निष्कर्ष निकालिएको छ । तर, उक्त रकम प्रयोग गर्न भने गोरखा मिडियामा रहँदा उनी संलग्न भएको प्रतिवेदनमा उल्लेख गरीएको उनले जानकारी दिए ।

४ सहकारीबाट गोरखा मिडियामा ६७ करोड गएको प्रतिवेदनमा उल्लेख गरीएको छ । समितिका सभापति सूर्य थापाले सोमबारको बैठकबाट प्रतिवेदन पारित गरेको र आजै हाउसमा प्रस्तुत गरिने जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us