
काठमाण्डु, ३१ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्नेगरी र इज्जत तल झर्नेगरी कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्र संघको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले नेपालको इज्जत तल झर्ने र नेपालको शिर निहुरिने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘म नेपालको शिर ढल्नेगरी,नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनैपनि हिसाबले प्रभाव, प्रतिष्ठा, सरोकार तल नपर्नेगरी काम गर्दिन’ ।
उनले आफूहरूले गर्ने राजनीति देश र जनताका लागि भएको भन्दै भोलिका लागि केही नगर्ने हो भने धर्ती बाँझो हुने पनि उनले बताएका छन ।