सहकारी छानबिन समितिको प्रतिवेदनमा सर्वसम्मत

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– सहकारी छानबिन संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । उक्त प्रतिवेदन आज सोमबार नै संसदमा पेश गरिने सभापति सूर्य थापाले जानकारी दिएका छन ।

गत १५ जेठमा गठन भएको स‌ंसदीय विशेष समितिको २२ जेठमा पहिलो बैठक बसेको थियो । तीन महिना अवधि पाएको समितिले तोकिएको समयमा काम नसकिएपछि १५ दिनको समय थप पाएको थियो ।

समितिले सहकारी ठगीसँग सम्बन्धित विषयको अध्ययन, विभिन्न व्यक्तिहरुसँग सोधपुछ गरेर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा कसैले पनि फरक मत लेखेको छैन, सबै निर्णय सर्वसम्मत भएको हो ।

संसदीय समितिले जीबी राई समूहले चलाएको सहकारीबाट गोर्खा मिडियामा रकम गएको देखिएको बताएको छ । ‘सहकारीबाट पैसा लैजान रवि लामिछानेको भूमिका देखिएन’, संसदीय समिति सदस्य रास्वपाका सांसद शिखिर खनाल भन्छन्, ‘जीबी राई लगायतका सहकारी सञ्चालकहरुको भूमिका देखिन्छ ।’

यसरी ६७ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा जाँदा रवि लामिछाने सञ्चालकसँगै प्रबन्ध निर्देशक दिए । साथै उनी प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा बाहेक सबै (कारोबारको) चेकमा रविले नै हस्ताक्षर गरेका थिए ।

त्यसैले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत भएको अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानको संलग्नता समितिको निष्कर्ष छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us