सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १६:३९ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– प्रहरीले पर्साबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा पसलबाट ४८ ग्राम ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीको विशेष टोलीले भारत विहार मोतिहारी आदापुर निवासी विकासकुमार पटेललाई पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जानकारी दिएका छन ।

हिजो अबेर राति आएको सूचना अनुसार जाँच गर्दा एक सेकुवा पसलमा खाजा खाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको उनले जानकारी दिएका छन ।

प्रहरीले गोजीमा लुकाइरहेको अवस्थामा ४८ ग्राम ब्राउन सुगर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । पक्राउ परेका पटेललाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us