सरकारद्वारा संघीय संसदका दुवै सदको अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १९:१९ मा प्रकाशित

काठमाण्डु, ३० भदौ– सरकारले संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरिएको जानकारी दिए ।

संसद अधिवेशनको आह्वान र अन्त्य मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यसूची छ ।

आइतबारको बैठक प्रकुख प्रतिपक्षी माओवादीले अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुख देवराज घिमिरेले सूचना टाँसेर सोमबारसम्मका लागि स्थगन गरेका थिए ।

माओवादीले एमाले सांसदहरुले संसदमा बोलेका हिंसा शब्द रेकर्डबाट हटाउन माग गर्दै आएको छ । सो शब्द रेकर्डबाट नहटाएसम्म बैठक चल्न नदिने चतावनी माओवादीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us