
काठमाण्डु ३० भदौ– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा सोमबार क्यानडा जाने भएकी छन । महिला परराष्ट्रमन्त्रीको सम्मेलनमा भाग लिनका लागि उनी त्यतातर्फ जान आगेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
क्यानडाको कार्यक्रम सकाएर उनी उतैबाट अमेरिका जाने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । अमेरिकामा जारी संयुक्त राष्ट्र संघको महासभामा भाग लिनका लागि उनी त्यता जाने स्रोतले जानकारी दिएको छ ।
सोही कार्यक्रममा भाग लिनका लागि नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली पनि अमेरिका जाँदैछन् ।