
काठमाण्डु ३० भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसद्मा अवरोध कायम राख्ने बताएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलबारे जानकारी दिँदै प्रमुख सचेतक हितराज पाण्डेले यस्तो जानकारी दिए ।
उनले सभामुख घिमिरेले पनि दलमा थप छलफल गर्न अनुरोध गरेपछि आफू आन्तरिक छलफलमा जाने उनले बताएका छन । उनले भने, ‘शब्दमा मात्र होइन सिङ्गो जनयुद्धको भावनामा प्रहार भयो । हामी अवरोध जारी राख्छौँ‚ ‘यहाँबाट निस्पेछि पार्टीमा पनि छलफल हुन्छ ।’
उनले सहमति नजुटेको पनि जानकारी दिए । हिंसा शब्द संसदीय शब्द भएको सभामुखले रुलिङ गरेपछि माओवादीले सदन अवरोध गर्ने निर्णयमा पुगेको उनले जानकारी दिए ।