कैलालीमा बेपत्ता बालकसहित २ जना मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १२:३८ मा प्रकाशित

काठमाण्डु ३० भदौ– कैलालीमा बेपत्ता बालकसहित दुई जना मृत अवस्थामा भेटिएका छन । भजनी नगरपालिका र टीकापुर नगरपालिकामा गरेर दुई जना मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कौलालीको टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहोराले जानकारी दिएका छन ।

शनिबार साँझदेखि हराइरहेका चौधरी आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

यस्तै, भजनी नगरपालिका–८ को गुडचौरामा लडेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय जयराम डगौरा पनि मृत भेटिएका छन् । शनिबार साँझ पसलबाट घर फर्किने क्रममा पानी जम्मा भएको ठाउँमा लड्दा डगौराको मृत्यु भएका जस्तो देखिएको प्रहरीले जानकारी दिएको छ । थप अनुसन्धान भने भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us