विमानस्थलबाट हराएका ७६ वर्षीय भुसाल सातदोबाटोमा भेटिए

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १४:४१ मा प्रकाशित

काठमाण्डु ३० भदौ– अमेरिकाबाट काठमाण्डु आएका ७६ वर्षीय दण्डपाणि भुसाल गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेपत्ता भएका थिए । गएराति १० बजे विमानस्थलबाट हराएका भुसाल भेटिएका छन । उनी सातदोबाटोमा भेटिएका हुन ।

पर्वतको पैयाँ गाउँपालिका वडा नम्बर–१ घर भएका भुसाल सातदोबाटोमा भेटिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले जानकारी दिएका छन । उनले भने, ‘उहाँ सातदोबाटोमा फेला पर्नुभएको छ ।’

विमानस्थलमा झोला भुलेपछि खोज्न पुनः भित्र गएका उनी परिवारसँग सम्पर्कविहीन भएका थिए । विमानस्थलमा अवतरण गरेपछि कुरिरहेका आफन्तले उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us