संसद् अवरोध गरे माओवादीलाई क्षति हुन्छ: एमाले

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १४:१६ मा प्रकाशित

काठमाण्डु ३० भदौ– सत्तारुढ दल एमालेले सभामुखले रूलिङ गरेको हिंसा शब्दलाई लिएर नेकपा माओवादीले संसद् अवरोध गरे त्यसको क्षति माओवादीलाई हुने चेतावनी दिएको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले यस्तो चेतावनी दिएका हुन ।

उनले नियमापत्तिको विषयमा निर्णय गर्ने अधिकार सभामुखलाई भएको पनि बताएका छन । उनले हाउसलाई चलाउने अधिकार कसलाई हो भन्ने प्रश्न पनि गरेका छन । उनले भने, ‘निर्णय गर्ने अधिकार सभामुखलाई छ ।

सभामुखको रूलिङ सबैले मान्नुपर्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ । त्यसको खिलाफमा माओवादीले हाउस चल्न निदेन बेठिक छ‚’ उनले भने‚ ‘हिंसा शब्द लिएर बैठक अवरोध गरे माओवादीको संसदीय प्रणालीमाथीको निष्ठा प्रश्न उठेको छ ।

यो विषय फिर्ता लिनुहोस् भनेका छौँ। ’ भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले जनयुद्धलाई हिंसा भनेका थिए । जसको विरोध माओवादीले गरिरहेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us