ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ भदौ २९ गते १७:४४ मा प्रकाशित

काठमाण्डु २९ भदौ– प्रहरीले ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउलाई पक्राउ गरेको छ । बिहीबार जिल्लाको कोन्ज्योसोम गाउँपालिका–१ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटालाई भरुवा बन्दुक १ थान सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us