
ताप्लेजुङ, ३० भदौ– ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर गएराति १२ बजेर ८ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का छिमेकी जिल्लाहरु धनकुटा, तेह्रथुम र संखुवासभासम्म महसुस गरिएको थियो ।
पछिल्लोपटक गत १८ भदौमा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।