
काठमाण्डु, ३० भदौ– सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) अध्यक्षमा दोश्रो कार्यकालमा लागि अर्जुन गिरी निर्वाचित भएका छन् । ललितपुरमा जारी संघको १८औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी पुनः निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेसी उपाध्यक्षमा नवीन नरसिंह नेपाली, महासचिव बन्दना दनुवार, सचिवमा भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समिति संयोजकमा टीकाजंग थापा निर्विरोध निर्वाचित भएका छन् ।
अकोराबमा काँग्रेसनिकट प्रेस युनियन, एमाले निकट प्रेस चौधरी र माओवादी केन्द्रनिकट प्रेस संगठनबीचको सहमतिमा नेतृत्व चयन गरिएको हो । तर, महिला र आदिवासी जनजाति उपाध्यक्ष र कोषाध्यक्षमा भने सहमति हुन सकेछ ।
महिला उपाध्यक्ष पदमा मिना गुरुङ र खेमकुमारी पोखरेल, जनजाति उपाध्यक्षमा मिलन गाहामथर र पुष्पा चौधरी तथा कोषाध्यक्षमा तुला अधिकारी र रामनारायण सुवेदीबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त पदहरुका लागि आइतबार १ बजेबाट निर्वाचन हुँदैछ ।