एमाले नेता जुवाखालबाट पक्राउ, १८ लाख बरामद

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १०:२७ मा प्रकाशित

विराटनगर, ३० भदौ– मोरङमा जुवाखालबाट पूर्वगाउँपालिका अध्यक्षसहित ९ जना पक्राउ परेका छन् ।

प्रहरीले ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेका बेला गाउँपालिकाका पूर्वअध्यक्ष एमाले नेता शिवनारायण माझीसहित ९ जनालाई शनिबार राति पक्राउ गरेको हो ।

माझी २०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट पालिका अध्यक्ष निर्वाचित भएका थिए । जुवाखालबाट बाट प्रहरीले १८ लाख रुपैयाँ नगद बरामद गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले १८ लाख ५१ हजार ५ सय नगद, १६ थान कौडा, १२ बुक तास, १५ थान मोबाइल बरामद भएको छ ।

पक्राउ पर्नेमा गाउँपालिकाका पूर्वअध्यक्षसहित महोत्तरी गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, सुनसरी धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us