सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

काठमाण्डु टुडे २०८१ भदौ ३० गते १२:२४ मा प्रकाशित

काठमाण्डु ३० भदौ– सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा जारी छ । छलफलमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी रहेका छन ।

नेकपा माओवादी केन्द्रले सदन अवरोध गर्ने बताएपछि संसद् बैठक अघि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । आज प्रतिनिधिसभा बैठक अगाडी हिंसा शब्दमा माओवादीले जनाएको आपत्तिको विषयलाई सहमतिमा टुङ्गोमा पुर्‍याउने सभामुखको तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us