
काठमाण्डु २९ भदौ– काठमाण्डुको कलंकीबाट ५ लाख बढीका सुनचाँदीका गरगहना चोरी भएको छ । बिहीबार काठमाण्डु महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने संखुवासभा सभापोखरी नगरपालिका–६ घर भएकी ३१ वर्षीया अनिसा राईको कोठाबाट करिब ५ लाख ३ हजार रूपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।