समाचार

०८४ मा एमालेले एकल बहुमत ल्याउँछ: प्रधानमन्त्री ओली

२०८१ भदौ २९ गते १४:४६

काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ मा एमालेले एकल बहुमत ल्याउने बताएका छन । साथै उनले ०८४ मा नेकपा माओवादी केन्द्रलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको भन्दै उनले मुस्किलले चार देखि पाँच लाख मत पाउन सक्ने अनुमान गरेका...

‘फ्लाइ टू थाइल्याण्ड विथ एयर एशिया’ प्रतियोगितामा निःशुल्क राउण्ड–ट्रिप टिकट जित्ने अवसर

२०८१ भदौ २९ गते १४:३६

काठमाण्डु २९ भदौ– एशिया एयरले आउँदो अक्टोबर २ बाट उडान सञ्चालनमा आउनुअघि नेपालमा एक्टिभेसन सुरु गर्ने भएको छ । पहिलो एक्टिभेसन कार्यक्रम शुक्रबार राजधानीको छाया सेन्टरमा गर्यो भएको छ । कार्यक्रमले सहभागीहरुलाई आकर्षित गरेको एयरलाइन्सले जनाएको छ । यसअघिको कार्यक्रम केएल टावर, सिभिल मल,...

सहकारीसम्बन्धी संसदीय छानबिन समितिले प्रधानमन्त्रीसँग छलफल गर्दै

२०८१ भदौ २९ गते १३:११

काठमाण्डु २९ भदौ– सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेको छ । आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन ।...

प्रधानमन्त्री ओलीबाट पाँचतारे होटल लेमन ट्रिको उद्घाटन

२०८१ भदौ २९ गते १३:०८

काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डुको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्रि प्रिमियरको उद्घाटन गरेका छन् । रु साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई शय्यायुक्त होटलको प्रधानमन्त्री ओलीले आज आयोजित कार्यक्रमबिच उद्घाटन गरेका...

दाउरा सङ्कलन गर्ने क्रममा महाकालीले दुई किशोरलाई बगायो

२०८१ भदौ २९ गते १३:०४

काठमाण्डु २९ भदौ– कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीले दुई किशोरलाई बगाएको छ । महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिएका छन । हिजो दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही...

अब साना–ठुला भ्रष्टाचारका काण्ड सुन्नुपर्ने छैन: प्रधानमन्त्री ओली

२०८१ भदौ २९ गते १२:५१

काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने दाबी गरेका छन । आज शनिवार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले यस्तो बताएका हुन । उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताए । उनले आफूले...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातवटा अन्तर्राष्ट्रिय उडान

२०८१ भदौ २९ गते १२:३५

काठमाण्डु २९ भदौ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म सातवटा अन्तर्राष्ट्रिय उडान भएका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आ.व ०८०–८१) अनुसार दुई वर्ष पुग्नै लाग्दा जम्मा ७ वटा अन्तर्राष्ट्रिय उडान भएको छ । चीन सरकारको २२...

सीआईवीद्वारा धनराज गुरुङ दम्पती जोडिएको मितेरी सहकारीमाथि अनुसन्धान सुरु

२०८१ भदौ २९ गते १२:१८

काठमाण्डु २९ भदौ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कांग्रेसका उपसभापति एवं पूर्व कानुन मन्त्री धनराज गुरुङ र उनकी पूर्वपत्नी जोडिएको मितेरी बचत तथा ऋण सहकारी संस्था ठगीबारे अनुसन्धान सुरु गरेको छ । सो सहकारी संस्थामा रहेका कर्मचारी र सञ्चालकहरू विरुद्धमा निवेदन दर्ता गरेर प्रारम्भिक...

कान्तिपुर इन्टरनेशनल कलेजकी छात्रा अनिशाले जितिन् आईडिया इमर्जिङ डिजाइनर अवार्ड

२०८१ भदौ २९ गते १२:१२

काठमाण्डु २९ भदौ– काठमाण्डुको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजले आईडिया इमर्जिङ डिजाइनर अवार्ड जितेको छ । शुक्रबार राजधानीमा आयोजित आईडिया एक्सीलेन्सी अवार्ड–२०२४ कार्यक्रममा कान्तिपुरकी अनिशा महर्जनले उक्त अवार्ड जितेकी हुन् । सिर्जनशीलता र डिजाइन क्षमताका आधारमा अनिशालाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै...

सशस्त्र प्रहरीको बिओपी भवन बाढीले बगायो

२०८१ भदौ २९ गते ११:०१

धनगढी, २९ भदौ- मोहना नदीले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) कार्यालय भवन बगाएको छ । भारी वर्षासँगै आएको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरस्थित सशस्त्रको बिओपीका दुईवटा भवन बगाएको हो । ती दुवै भवन हालै मात्र निर्माण गरिएको थियो । कैलाली प्रहरी प्रमुख एसपी...

उपसभामुख प्रकरणको भित्री रहस्य अर्कैः काँग्रेसले माग्यो ओलीसँग सभामुख

२०८१ भदौ २९ गते १०:२०

काठमाण्डु, २९ भदौ– सत्तारुढ काँग्रेस र एमालेबीच खटपट सुरु भएको छ । काँग्रेसले संवैधानिक परिषदमा आफ्नो प्रतिनिधित्व नभएको भन्दै सभामुख दिन एमाले नेतृत्वमाथि दबाब बढाएको छ । यसअघि पनि काँग्रेसले संवैधानिक परिषदमा उपस्थिति खोजेपछि ओलीले उपसभामुख इन्रिदा रानालाई अविस्वास प्रस्तावमार्फत हटाएर काँग्रेसको माग सम्बोधन...

झापामा युवकद्वारा किशोरी र दाजुद्वारा भाइको हत्या

२०८१ भदौ २९ गते १०:०३

झापा, २९ भदौ– झापाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । केसीका अुनसार अर्जुनधारा नगरपालिका–६ स्थित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us