
काठमाण्डु २९ भदौ– सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने तयारी गरेको छ ।
आज साँझ पाँच बजे प्रधानमन्त्री ओलीसँग छलफल गरेर सरकारको समेत प्रतिबद्दता लिन लागिएको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन ।
आज प्रधानमन्त्रीसँग छलफल गरेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी रहेको उनले जानकारी दिएका छन । समितिको कमर्यदेश अनुसारको छानबिन र विश्लेषण सकिएको र प्रतिवेदन अन्तिम रूप दिन लागिएको उनले जानकारी दिए ।