
काठमाण्डु २९ भदौ– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारलाई पूर्णरुपमा नियन्त्रण गर्ने दाबी गरेका छन । आज शनिवार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले यस्तो बताएका हुन ।
उनले आगामी दिनमा भ्रष्टाचारका काण्डहरू सुन्न नपर्ने बताए । उनले आफूले नेपाललाई अब नयाँ ढङ्गले अघि बढाउन चाहेको पनि बताएका छन । उनले सरकारबाट दिने सेवाहरू उत्साहका साथ दिइने प्रतिबद्धता पनि उनले जनाए। उनले फाइल रोकेर एक ठाउँमा बस्नेकुरा अब सह्य नहुने भन्दै कुन ठाउँमा फाइल गएर कहाँ अड्कियो भन्नेकुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने बताएका छन ।
उनले त्यसका लागि फाइल ट्रयाकिङ सिस्टम अपडेट गरेको र फाइलमा क्युआर कोर्ड ट्रयाकिङ राखेको पनि बताएका छन । प्रधानमन्त्री कार्यालयले त्यसको अनुगमन गर्नसक्ने बताए ।
उनले परिमार्जित डिजिटल फ्रेमवर्क डिजिटल नेपालको परिकल्पना अघि बढाइएको बताएका छन । प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट पाउने सुविधा लिन अब घुस खुवाउनु नपर्ने, काम गरेबापत कुनै नजाराना चढाउनु नपर्ने र कतै भनसुन गर्न जानु नपर्ने बताएका छन ।