धनगढी, २९ भदौ- मोहना नदीले सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) कार्यालय भवन बगाएको छ ।
भारी वर्षासँगै आएको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरस्थित सशस्त्रको बिओपीका दुईवटा भवन बगाएको हो । ती दुवै भवन हालै मात्र निर्माण गरिएको थियो ।
कैलाली प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएको बताए । उनका अनुसार बिओपीलाई नजिकैको सामुदायिक भवनमा सारिएको छ ।