समाचार

०८१ सालभित्र बालबालिकामुक्त सडक बनाउँछौंः ओली

२०८१ भदौ २९ गते ९:५६

काठमाण्डु, २९ भदौ– प्रधानमन्त्री केपी ओलीले २०८१ सालभित्र बालबालिकामुक्त सडक बनाउने प्रतिबद्धता जनाएका छन् । ६०औं बाल दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै ओलीले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने घोषणा गरे । ‘कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट...

नेपाली सेना र अमेरिकी सेनाबीच प्यासिफिक एन्जल सैनिक अभ्यास हुँदै

२०८१ भदौ २८ गते २०:३७

काठमाण्डु, २८ भदौ– नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । ३० भदौदेखि सुरु हुने उक्त सैन्य अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । सैन्य अभ्यास २ असोजसम्म चल्नेछ । नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले सैन्य अभ्यासका क्रममा विपद् व्यवस्थापन...

भोटेकोशी नदीमा खसेको गाडी निकालियो, तर भेटिएनन् मानिस

२०८१ भदौ २८ गते २०:२९

सिन्धुपाल्चोक, २८ भदौ– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा खसेको गाडी बाहिर निकालिएको छ । बा२०च २१८५ नम्बरको बोलेरो गाडी शुक्रबार साँझ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले क्रेनको सहायतामा बाहिर निकालेका हुन् । गाडी कसले चलाएको थियो र त्यसमा को–को सवार थिए...

संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्न सकेन

२०८१ भदौ २८ गते २०:२२

काठमाण्डु, २८ भदौ– शुक्रबार बसेको संवैधानिक परिषद् बैठक बिनानिस्कर्ष सकिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएको दुई महिनापछि पहिलोपटक परिषद् बैठक बसेको हो । प्रधानमन्त्रीको अध्यक्षताको समितिमा प्रधानन्यायाधीश, सभामुख÷उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख...

सञ्चार क्षेत्र महेन्द्रकालीन कानूनका भरमा चलेको रहेछः सरकारका प्रवक्ता

२०८१ भदौ २८ गते २०:१२

ललितपुर, २८ भदौ– सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा लोकतन्त्र आएको लामो समय भइसक्दा पनि सञ्चार क्षेत्र महेन्द्रकालिन कानूनका भरमा चलिरहेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १८औँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनको शुक्रबार ललितपुरमा उद्घाटन...

प्रधानमन्त्री ओलीले उपसभामुखलाई भनेः तपाईंलाई हटाउने कुरै भएको छैन, बजार हल्लाको पछि नलाग्नू

२०८१ भदौ २८ गते १९:५६

काठमाण्डु, २८ भदौ– उपसभामुख इन्दिरा रानामगरले सत्ता पक्षले आफूलाई अविश्वास प्रस्तावमार्फत पदमुक्त गराउन खोजेको विषयमा सोधेकी छन् । संवैधानिक परिषद बैठकका क्रममा शुक्रबार उपसभामुख रानाले ओलीलाई आफूलाई हटाउने तयारी भएकोबारे ओलीलाई सोधेकी थिइन् । जवाफमा ओलीले हटाउन लागिएको भन्ने विषय गलत भन्दै बजार हल्लाका...

सम्बन्ध विच्छेद गरेकी श्रीमतीको ऋण एक महिनाअघिसम्म तिर्दै थिए धनराज

२०८१ भदौ २८ गते १९:४७

काठमाण्डु, २८ भदौ– कांग्रेस उपसभापति धनराज गुरूङ आफैंले सम्बन्ध विच्छेद भएको दाबी गरिएकी श्रीमती ज्योती गुरुङले मितेरी सहकारीबाट अपचलन गरेको रकम फिर्ता गर्दै आएको खुलासा भएको छ । सहकारीको रकम अपचलन छानबिनसम्बन्धी संसदीय समितिले शुक्रबार ललितपुरको महालक्ष्मीस्थानस्थित सहकारीको कार्यालयमा पुगेर अनुगमन गर्दा यस्तो तथ्य...

एमाले नेता एवं लेखा समिति सभापति पोखरेल पत्नी सहकारी ठगीमा मुछिइन्

२०८१ भदौ २८ गते १९:२८

काठमाण्डु, २८ भदौ– एमाले नेता एवं संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा तानिएका छन् । कांग्रेस उपसभापति धनराज गुरूङर उनकी पूर्वश्रीमती ज्योति सहकारी ठगीमा संलग्न रहेका तथ्यहरु सार्वजनिक भइरहँदा पोखरेल पत्नी सहकारी ठगीमा मुछिएकी हुन् । मोरङ–२ बाट निर्वाचित सांसद...

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक सुरु

२०८१ भदौ २८ गते १८:१३

काठमाण्डु २८ भदौ– नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक संवैधानिक परिषद्को बैठक बोलाएका हुन्...

आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाइन्छ: अर्थमन्त्री पौडेल

२०८१ भदौ २८ गते १७:५३

काठमाण्डु २८ भदौ– उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने बताएका छन । आज शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण...

पत्रकार महासंघको निर्वाचन फेरि सर्‍यो

२०८१ भदौ २८ गते १७:४०

काठमाण्डु २८ भदौ– नेपाल पत्रकार महासंघको निर्वाचन फेरि एक पटक सरेको छ । यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति...

उपसभामुख हटाउने निष्कर्षमा पुगेका छैनौँ: महासचिव पोखरेल

२०८१ भदौ २८ गते १७:३२

काठमाण्डु २८ भदौ– एमाले महासचिव शंकर पोखरेलले उपसभामुख इन्दिरा रानामगरलाई हटाउनेबारे निष्कर्षमा आफुहरु नपुगेको बताएका छन् । आज शुक्रबार बसेको सचिवालय बैठकपछि महासचिव पोखरेलले यस्तो जानकारी दिएका हुन । उनले उपसभामुख हटाउने भनेर बाहिर आएका चर्चाजस्तै कुनै निष्कर्षमा पुगिनसकेको बताए । पत्रकारले सोधेको प्रश्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us