संवैधानिक परिषदले प्रधानन्यायाधीश सिफारिस गर्न सकेन

काठमाण्डु टुडे २०८१ भदौ २८ गते २०:२२ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– शुक्रबार बसेको संवैधानिक परिषद् बैठक बिनानिस्कर्ष सकिएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री निर्वाचित भएको दुई महिनापछि पहिलोपटक परिषद् बैठक बसेको हो ।

प्रधानमन्त्रीको अध्यक्षताको समितिमा प्रधानन्यायाधीश, सभामुख÷उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन् ।

गृहकार्य नपुगेकाले ३१ भदौमा पुनः बस्ने गरी बैठक स्थगित भएको एक सदस्यले जानकारी दिए । प्रधानन्यायाधीश सिफारिस गर्ने विषय बैठकको प्रमुख एजेण्डा थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us