समाचार

वीर अस्पतालमा फेरि सुरू भयो जलनको उपचार

२०८१ भदौ २८ गते १४:२०

काठमाण्डु २८ भदौ– काठमाण्डुको वीर अस्पतालमा पुनः जलन उपचार सेवा सुरू भएको छ । आज शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा डा. केडी जोशी जलन उपचार केन्द्रको शुभारम्भ भएको हो । मन्‍त्री पौडेलले जलनका बिरामीलाई सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने...

बागलुङ दुर्घटनाप्रति अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

२०८१ भदौ २८ गते १४:१२

काठमाण्डु २८ भदौ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन । अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका महिला नेता, रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढामगर, उनकी आमा गोपीमाया बुढा र...

पोखराको ३ सय ८९ रोपनी जग्गा सरकारको नाममा दर्ता

२०८१ भदौ २८ गते १३:४९

काठमाण्डु २८ भदौ– कास्कीको पोखरा बजार क्षेत्रभित्रको ३ सय ८९ रोपनी ३ आना २ पैसा जग्गा नेपाल सरकारको स्वामित्वमा आएको छ । गएको भदौ १७ गते स्थलगत अवलोकनमा पोखरा पुगेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जिल्लाका मालपोत र नापी कार्यालय...

दुर्गा प्रसाईंले र्‍यालीमा उतारे ट्याक्सी चालक

२०८१ भदौ २८ गते १३:४२

काठमाण्डु २८ भदौ– मेडिकल व्यवसायी दुर्गा प्रसाईले ट्याक्सी चालकहरुलाई र्‍यालीमा उतारेका छन् । आज शुक्रबार भक्तपुरस्थित आफ्नो निवासबाट प्रसाईंले ट्याक्सी र्‍याली निकालेका हुन । भक्तपुरबाट निस्केको ट्याक्सी र्‍याली काठमाण्डु प्रवेश गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन । र्‍याली किन...

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

२०८१ भदौ २८ गते १३:३३

काठमाण्डु २८ भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन । पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको...

नर्वे र नेपालका सांसदहरूबीच संसदीय अनुभव आदनप्रदान

२०८१ भदौ २८ गते १३:२३

काठमाण्डु, २८ भदौ– नर्वेका सांसदहरुको एक टोली नेपाल भ्रमणमा आएको छ । उनीहरूले बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूसँग छलफल गरेका थिए । सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा बैठकमा दुवै देशका सांसदहरूले नेपाल र नर्वेबीचको मैत्रीपूर्ण र सुमधुर सम्बन्ध तथा सहकार्यबारे चर्चा...

कीर्तिपुरको मासु पसलबाट डेढ किलो गाँजा बरामद

२०८१ भदौ २८ गते १२:१७

काठमाण्डु २८ भदौ– प्रहरीले काठमाण्डुको कीर्तिपुर नगरपालिका–८ पाँगास्थित एक मासु पसलबाट प्रहरीले डेढ किलो गाँजा बरामद गरेको छ । पाँगामा रहेको ‘युनिक एण्ड युनिशा मिट सप’बाट १ किलो ४९४ ग्राम गाँजा प्रहरी वृत्त कीर्तिपुरको टोलीले बरामद गरेको प्रहरीले जानकारी दिएको छ । गाँजाका साथै...

डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

२०८१ भदौ २८ गते १२:११

काठमाण्डु २८ भदौ– डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन । आज शुक्रबार बिहान डोटीको केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ । वाइल बजारमा दुध पुर्‍याउन जाने...

कोशी सरकारमा सहभागी भयो कांग्रेस

२०८१ भदौ २८ गते १२:०५

काठमाण्डु २८ भदौ– कोशी प्रदेश सरकारमा कांग्रेस सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण लिदै छन । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको छ । कृष्णप्रसाद सिटौला समूहका राई भौतिक पूर्वाधार...

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षको गाडी दुर्घटनामा निधन

२०८१ भदौ २८ गते १०:५७

बागलुङ, २८ भदौ– बागलुङको गलकोटमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको जिप शुक्रबार बिहान करिब ९ बजेको समयमा गलकोट नगरपालिका–२ भुङखानीमा दुर्घटना भएको थियो । बागलुङका प्रहरीका निरीक्षक प्रताप पौडेलले...

कोइराला र गगन समूहलाई कोशी सरकारमा ‘बाइकट’

२०८१ भदौ २८ गते १०:५०

कांग्रेसका तीन मन्त्री र एक राज्यमन्त्रीले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिएका छन् । काँग्रेस प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राई नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको हो । राईले भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारी पाएका छन् । यस्तै खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा...

रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका जनप्रतिनिधि सवार गाडी दुर्घटना, तीन जनाको मृत्यु

२०८१ भदौ २८ गते १०:३६

काठमाण्डु, २८ भदौ– बागलुङमा शुक्रबार बिहान दुर्घटनामा परेको सरकारी जिप रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । रा१झ २०० नम्बरको जिप गलकोट नगरपालिका–२ भुङखानीमा बिहान करिब पौने ९ बजेतिर सडकबाट ३ सय सय मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा दुई महिला र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us