डोटीमा खोलाले बगाउँदा बालिका बेपत्ता

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १२:११ मा प्रकाशित

काठमाण्डु २८ भदौ– डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन । आज शुक्रबार बिहान डोटीको केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ ।

वाइल बजारमा दुध पुर्‍याउन जाने क्रममा बिहान ७ बजे बालिकालाई खोलाले बगाएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।

अहिले स्थानीयको सहयोगमा प्रहरीले बालिकाको खोजी कार्य भईरहेको पनि उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us