बागलुङ, २८ भदौ– कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन् । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाएका थापाले १५ महिनादेखि फल टिप्न थालेको बताए । कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा...
काठमाण्डु, २८ भदौ–कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले राजनीतिबाट अवकाश लिने समय आएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित एक कार्यक्रममा देउवाले आफ्नो अवकाशको समय आएको बताएका हुन् । आफ्नो उमेर पनि गएको र अरु हरेक कारणले अवकाशको समय भएको उनको भनाइ...
बागलुङ, २८ भदौ– बागलुङको गलकोटमा सरकारी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत गलकोट नगरपालिका–२ भुङखानीमा रा१झ २०० नम्बरको पिकअप भ्यान शुक्रबार बिहान करिब ९ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी सडकबाट करिब ३ सय मिटर तल...
डोटी, २८ भदौ– अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा डोटीमा एक बालिका बेपत्ता भएकी छन् । केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया निर्मला चन्दलाई स्थानीय गन्ने खोलाले बगाएको हो । बेपत्ता बालिकाको खोजीकार्य जारी रहेको डोटी प्रहरीका निमित्त प्रहरी डिएसपी भीमलाल भट्टराईले बताए ।...
काठमाण्डु, २८ भदौ– अतिभारी वर्षासँगै कर्णाली, महाकाली र बबई नदीमा जल सहतले खतराको तह पार गरेको छ । डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीमा बाढीको सतहले ८ ७६ मिटर छोएको छ । उक्त नदीमा पानीको तह ६.५ मिटर नाघे खतराको तह पार हुन्छ...
काठमाण्डु, २८ भदौ– लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले अहिले कारोबार छाडेको बयान दिएका छन् । कास्की प्रहरीले उनलाई प्रहरीले बिहीबार पोखराबाट पक्राउ गरेको थियो । कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार बयानका क्रममा ढाकाले...
धनगढी, २८ भदौ–निरन्तरको वर्षातका कारण पहिरो खस्दा पश्चिम तराईका जिल्लासँग सदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग तथा डडेल्धुरा र डोटी जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएका छन् । डडेल्धुराका विभिन्न राजमार्ग तथा ग्रामीण सडकसमेत पहिरोले अवरुद्ध भएका छन् । साहु खर्कमा पहिरो खस्दा भीमदत्त राजमार्ग...
काठमाण्डु, २८ भदौ– नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा भर्ना खुलेको छ । प्रहरी निरीक्षक पदमा ६४ जना र प्रहरी सहायक निरीक्षक पदमा २ सय ५६ जनाका लागि जागिर खुलेको हो । खुलातर्फ प्रहरी निरीक्षकमा ३५ र सहायक निरीक्षकमा...
काठमाण्डु, २७ भदौ- काठमाण्डुको सुन्धारास्मा पुनःनिर्माण गरिएको धरहरा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । एक मन्त्रीले दिएको जानकारीअनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको...
काठमाण्डु, २७ भदौ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन किन खोजिएको भन्ने विषयमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग जवाफ मागेका छन् । बिहीबार बिहान ओलीले प्रचण्ड र देउवालाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका थिए । प्रचण्डको सचिवालयका अनुसार...
काठमाण्डु, २७ भदौ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डिपी) ले अमेरिकाले पछिल्लो समय नेपालको असंलग्न परराष्ट्र नीतिबारे चासो राख्न थालेको बताएका छन् । अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीलाई संसदीय सुनुवाईका क्रममा बिहीबार अर्यालले अमेरिकाको नेपाललाई हेर्ने बदलिँदो दृष्टिकोणबारे जानकारी राख्नुपर्ने भन्दै त्यसबारे प्रश्न...
काठमाण्डु, २७ भदौ– नेकपा एकीकृत समाजवादीले पार्टी उपमहासचिवसमेत रहेका सांसद मेटमणि चौधरीलाई स्पष्टीकरण सोधेको छ । चुच्चे नक्सामा समेटिएको लिपुलेकबारे विवादास्पद अभिव्यक्ति दिएको विषयमा पार्टीले उनलाई स्पष्टीकरण सोधेको हो । चौधरीले दुई दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा लिपुलेकमा नेपालको दाबी नपुग्ने अभिव्यक्ति दिएका थिए ।...