पश्चिम नेपालमा अतिभारी वर्षा, कर्णाली, महाकाली र बबई नदीमा जल सतह खतराको तहभन्दा माथि

काठमाण्डु टुडे २०८१ भदौ २८ गते ९:३७ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– अतिभारी वर्षासँगै कर्णाली, महाकाली र बबई नदीमा जल सहतले खतराको तह पार गरेको छ ।

डोटीस्थित ठूलीगाड बाढी मापन केन्द्रका अनुसार कर्णालीमा बाढीको सतहले ८ ७६ मिटर छोएको छ । उक्त नदीमा पानीको तह ६.५ मिटर नाघे खतराको तह पार हुन्छ ।

कञ्चनपुरको दोदा मापन केन्द्रले महाकाली नदीमा बाढीको सहत ४.२ मिटर पुगेको जनाएको छ । उक्त नदीले चार मिटर पार गरेपछि खतराको तह मानिन्छ ।

डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकालीको बाढीले सतर्कताको तह पार परेको छ ।

बर्दियास्थित चेपाङ केन्द्रका अनुसार बबई नदीको बाढीको सतह ७.२ मिटर छ । पानीको सतह ६. ८० नाघेपछि खतराको तह छोएको मानिन्छ ।

डडेलधुराका जोगबुढा र साहुखर्क, कैलालीको अत्तरिया, बलिया र बचिला तथा दाङको पदमपुरमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

पानी पर्ने क्रम शनिबारसम्म नरोकिने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले अपिल गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us