बालेनको प्रस्ताव सरकारद्वारा अस्वीकार, निर्माण नसकिंदै ३ असोजबाट सन्चालनमा ल्याउने निर्णय

काठमाण्डु टुडे २०८१ भदौ २७ गते २२:४७ मा प्रकाशित

काठमाण्डु, २७ भदौ- काठमाण्डुको सुन्धारास्मा पुनःनिर्माण गरिएको धरहरा आगामी ३ असोजदेखि सञ्चालनमा आउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसको अवसर पारेर ३ असोजदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । एक मन्त्रीले दिएको जानकारीअनुसार धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन) ले धरहरा सन्चालनको जिम्मेवारी आफूहरुलाई नै दिन माग गरेका थिए । तर, संघीय सरकारले बालेनको प्रस्ताव अस्वीकार गरेको छ । नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापाले भीमसेन थापाले विक्रम संवच १८८२ मा बनाएको ११ तवे धरहरा (भीमसेन स्तम्भ) १२ वैशाख २०७२ को बिनासकारी महाभूकम्पमा भत्किएको थियो । त्यसअघि धरहराको सन्चालन र व्यवस्थापनको जिम्मेवारी सरकारले काठमाण्डु महानगरपालिकालाई दिएको थियो । महानगरपालिकाले क्याफेटेरियासहित घरहरा सन्चालन गर्न निजी कम्पनीलाई ठेक्कामा दिएको थियो । वर्तमान प्रधानमन्त्री केपी ओली अघिल्लोपटक प्रधानमन्त्री भएका बेला ११ वैशाख २०७८ मै धरहरा उद्घाटन गरेका थिए । निर्माणकार्य नसकिंदै शिलामा नाम लेखाउन हतारमा धरहरा उद्घाटन गरेको भन्दै ओलीको आलोचना हुने गरेको छ । भत्किएको धरहराको जग त्यत्तिकै राखेर त्यसको छेवैमा १२ तले धरहरा ठड्याइएको छ । २०७४ कात्तिक २७ मा मन्त्रिपरिषद् बैठकले धरहरा निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । प्राधिकरणले २०७५ असोज १४ धरहरा पुनःनिर्माण थालेको थियो । धरहरा ४२ रोपनी क्षेत्रफलमा फैलिएको छ । धरहरा क्षेत्रमा तीनतल्ले भूमिगत पार्किङको व्यवस्था गरिएको छ । ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न सकिन्छ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि दुई तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भुइँतल्लासहित २३ तलाको छ ।

। यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी संग्राहलय निर्माण भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us