पूर्वसांसद ढाकाकुमारको बयानः पहिला लागुऔषध बेच्थें, अहिले छाडिसकें

काठमाण्डु टुडे २०८१ भदौ २८ गते ८:५७ मा प्रकाशित

काठमाण्डु, २८ भदौ– लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले अहिले कारोबार छाडेको बयान दिएका छन् ।

कास्की प्रहरीले उनलाई प्रहरीले बिहीबार पोखराबाट पक्राउ गरेको थियो । कास्की प्रहरी प्रमुख मोहन थापाका अनुसार बयानका क्रममा ढाकाले पहिला लागुऔषध बेच्ने गरेको स्वीकार गर्दै पछिल्लो समय उक्त कारोबार छाडेको बताएका छन् ।

लागुऔषधिसहित पक्राउ परेका दुई युवाले आफूहरुले ढाकाकुमार सञ्चालक रहेको पुथ्वीचोकस्थित दिया फार्मेसीबाट उक्त पदार्थ खरिद गरेको बयान दिएपछि अनुसन्धानको दुई उनीतर्फ सोझिएको थियो । ढाकालाई अदालतबाट म्याद थप गरी थप कारबाही अघि बढाउने तयारीमा प्रहरी छ ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्न रवि लामिछानेको कोर टिमलाइ दुई करोड मागेको टेलिफोन संवादको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद र पार्टीको साधारण सदस्यसमेतबाट निस्काशन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us