माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १३:३३ मा प्रकाशित

काठमाण्डु २८ भदौ– प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन ।

पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सत्ता पक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने मनसायले तयारी अगाडि बढाएको अवस्था त्यसबारे धारणा बनाउन पनि माओवादी आन्तरिक छलफलमा जुट्न लागेको हो ।

यस्तै आज साँझ प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सोमबार मात्रै प्रधानमन्त्री ओलीले परिषद् सदस्य तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us