काठमाण्डु, २८ भदौ– नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ ।
३० भदौदेखि सुरु हुने उक्त सैन्य अभ्यासलाई ‘प्यासिफिक एन्जल’ नाम दिइएको छ । सैन्य अभ्यास २ असोजसम्म चल्नेछ ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले सैन्य अभ्यासका क्रममा विपद् व्यवस्थापन र मानवीय सहयोगको क्षेत्रमा दुवै सेनाले हासिल गरेका अनुभव आदनप्रदान गरिने बताए ।
काठमाण्डु, मकवानपुर र धादिङका विभिन्न स्थानमा विपद्कलीन समयमा गरिने खोज तथा उद्दार कार्यलाई कसरी थप प्रभावकारी बनाउने भन्नेबारे व्यवहारिक र सैद्धान्तिक ज्ञान आदनप्रदान हुने केसीले जानकारी दिए ।
नेपाली सेना र अमेरिकी सेनाबीच सन् २०१२ देखि उक्त संयुक्त अभ्यास सुरु भएको थियो ।