कान्तिपुर इन्टरनेशनल कलेजकी छात्रा अनिशाले जितिन् आईडिया इमर्जिङ डिजाइनर अवार्ड

काठमाण्डु टुडे २०८१ भदौ २९ गते १२:१२ मा प्रकाशित

काठमाण्डु २९ भदौ– काठमाण्डुको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजले आईडिया इमर्जिङ डिजाइनर अवार्ड जितेको छ । शुक्रबार राजधानीमा आयोजित आईडिया एक्सीलेन्सी अवार्ड–२०२४ कार्यक्रममा कान्तिपुरकी अनिशा महर्जनले उक्त अवार्ड जितेकी हुन् ।

सिर्जनशीलता र डिजाइन क्षमताका आधारमा अनिशालाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै आईडिया इनोभेटिभ डिजाइनर अवार्ड (कमर्सियल) र आईडिया इनोभेटिभ डिजाइनर अवार्ड (होस्पिटालिटी) विधामा सोही कलेजकी रबिना श्रेष्ठले पुरस्कार जितेकी छिन् ।

रबिना कान्तिपुर इन्टरनेशनल कलेजको ब्याचलर अफ इन्टेरियर डिजाइन (बीआईडी) कार्यक्रमकी स्नातक हुन् । पुरस्कारहरूले कान्तिपुर इन्टरनेशनल कलेजको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई पुनः एकपटक प्रमाणित गरेको कान्तिपुर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक प्रतापराज जोशीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us