काठमाण्डु, २९ भदौ- काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री केपी ओलीका कारण पीडित बालिकाहरुको न्याय नपाएर मर्नुपरेको कारण आफूले बाल दिवसको शुभकामना नदिएको बताएका छन् । शनिबार राति सामाजिक सन्जाल फेसबुकमा पोस्ट गर्दै साहले ओलीलाई उक्त आरोप लगाएका हुन् ।’ पीडित बालिकाहरुले प्रम (खडगप्रसाद ओली ) को कारण न्याय नपाएर मर्नु परेको कारण बाल दिवसको शुभकामना दिन सकिन ,सो शुभकामवा स्वयं प्रमज्यूलाई नै टक्राउन चाहन्छु, ग्रहण गर्नुहोला ‘बालेनले लेखेका छन् । त्यसअघि शनिबार अपराह्न ओलीले बालेनलाई लक्षित गरी अहिले एउटा केटो निस्किएको छ, ऊ मनपरी बोल्छ भनेका थिए ।