बसले पिकअपलाई, पिकअपले साइकललाई ठक्कर, साइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ भदौ २९ गते २०:५७ मा प्रकाशित

चितवन, २९ भदौ- रायणगढ–मुग्लिन सडकमा शनिबार सवारी दुर्घटना हुँदा साइकल यात्रीको मृत्यु भएको छ ।।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१ रामनगरका ६४ वर्षीय राम थापा छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–१ पानी ट्यांकी ओरालोमा मुग्लिनबाट आँपटारीतर्फ गइरहेको बागमती प्रदेश ०१–०२३ च ५५१९ नम्बरको पिकअप गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको ग२ख ८५५ नम्बरको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करपछि अनियन्त्रित भएको पिकअप गाडीले साइकललाई ठक्कर दिएको रिजालले जानकारी दिए ।

ठक्करबाट घाइते थापाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस र पिकअप गाडी दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us