समाचार

वायुप्रदूषण बढ्यो, प्लास्टिकजन्य फोहोर नजलाउन विभागको आग्रह

२०८१ मंसिर १० गते ८:२१

काठमाण्डु, १० मंसिर– वातावरण विभागले ठोस तथा प्लास्टिकजन्य फोहोर नजलाउन आग्रह गरेको छ । विभागले एक सूचना जारी गर्दै उपत्यकालगायत स्थानमा वायु प्रदूषण बढेपछि विभागले फोहोर नजलाउन आग्रह गरेको हो । विभागका अनुसार आइतबार बिहान ७ बजे काठमाण्डुको रत्नपार्क क्षेत्रको वायु गुणस्तर सूचकांक १...

प्रहरीका ८ एसएसपी डीआईजीमा बढुवा सिफारिस

२०८१ मंसिर १० गते ८:१४

काठमाण्डु, १० मंसिर–नेपाल प्रहरीका ८ वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएका छन् । आइतबारको बढुवा समिति बैठकले ८ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा हुने एसएसपीहरुमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद...

टिपर र भ्यानको ठक्करबाट श्रीमान–श्रीमतीको मृत्यु

२०८१ मंसिर ९ गते २०:५९

सुनसरी, ९ मंसिर– सुनसरीमा टिपर र भ्यानको ठक्करबाट श्रीमान श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत इटहरी उपहानगरपालिका–१६ बालग्राम चोकमा पूर्वतर्फ जाँदै गरेको को३६प ५६३७...

सभामुख कम्बोडिया गएका बेला प्रतिनिधिसभा सचिवले किन दिए राजीनामा ?

२०८१ मंसिर ९ गते २०:५४

काठमाण्डु, ९ मंसिर– प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले जिम्मेवारी सम्हालेको ६ महिना पनि नपुग्दै पदबाट राजीनामा दिएका छन् । अधिकारीले सभामुख देवराज घिमिरे मुलुकबाहिर रहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन् । सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । सभामुख कम्बोडिया जानुअघि...

रवि लामिछानलाई कास्कीका न्यायाधीशले भनेः मैले छाडे पनि तपाईं फेरि पक्राउ पर्नुहुन्छ

२०८१ मंसिर ९ गते २०:४०

पोखरा, ९ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई प्रहरी हिरासतमुक्त गर्न गरेको आग्रह कास्की जिल्ला अदालतले अस्वीकार गरेको छ । लामिछानेलाई कास्की प्रहरीले पाँचौपटक म्याद थपका लागि आइतबार अदालतमा पेश गरेको थियो । न्यायाधीश हिमलाल बेलबासेको इजलासले उनलाई थप १५ दिन...

चितवनको नौकिलोमा ट्रक पल्टियो, एकको मृत्यु, दुईजना ट्रकमा च्यापिए

२०८१ मंसिर ९ गते २०:२३

चितवन, ९ मंसिर– नारायणघाट–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर नगरपालिका–६ नौकिलोमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन बाँकी छ । नारायणघाटबाट मुग्लिनतर्फ गइरहको बागमती प्रदेश–०३०१ख३४९० नम्बरको ट्रक पल्टिएको प्रहरीले जनाएको छ । चितवन प्रहरीका डीएसपी ज्ञानकुमार महतोले दुर्घटनाग्रस्त ट्रकमा दुईजना च्यापिएको बताए...

दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

२०८१ मंसिर ९ गते १८:३३

काठमाण्डु, ९ मंसिर– जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकी हुन् । केन्द्रीय साइबर ब्यूरोले विद्युतीय कारोबार ऐन–२०६३ अनुसारको...

जब कालिमाटीमा मध्यराति महिलाको शव बोकेर युवकले सडकमा फाले …

२०८१ मंसिर ९ गते १८:३०

काठमाण्डु, ९ मंसिर– प्रहरीले कालिमाटीमा मध्यराति एक महिलाको शव बोकर फालेको आरोपमा एक युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र मल्ल रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।...

खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक पक्राउ

२०८१ मंसिर ९ गते १८:००

काठमाण्डु, ९ मंसिर– प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–४ का २१ वर्षीय अबिरल हिङमाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले पक्राउ गरेको हो । नेपालगञ्जबाट काठमाण्डु आउँदै...

आजपाले बोलायो स्थायी कमिटी बैठक

२०८१ मंसिर ९ गते १७:४५

काठमाण्डु, ९ मंसिर– प्रभु शाह नेतृत्वका आम जनता पार्टी (आजपा) को स्थायी कमिटी बैठक बोलाइएको छ । काठमाण्डुको कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबारका लागि तय भएको बैठकले आन्दोलनका बारेमा विभिन्न निर्णय गर्ने अध्यक्ष प्रभु साहले जानकारी दिएको छ । आजपाले बेथिति र भ्रष्टाचारका विरुद्ध...

कुवेत पुर्याएर ४ लाखमा युवती बेचेको आरोपमा २ जना पक्राउ

२०८१ मंसिर ९ गते १७:३४

काठमाण्डु, ९ मंसिर– प्रहरीले कुवेत पुर्याएर करिब ४ लाख रुपैयाँ एक युवतीलाई बेचेको आरोपमा दुई जनालाई प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका–५ का ३२ वर्षीय कुसुम कँडेल र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–६ का ५० वर्षीय सुकलाल भनिने माइला लामा तामाङ रहेको...

दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश

२०८१ मंसिर ९ गते १६:५६

काठमाण्डु, ९ मंसिर– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ । प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा. मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us