काठमाण्डु, १० मंसिर– प्रहरीले मकवानपुरबाट स्रोत नखुलेको ६२ लाख रुपैयाँसहित ३ भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश जिल्ला जालौनका ४० वर्षीय विजय सिंह कुशवाह, भारतकै गोरखपुरका २६ वर्षीय प्रशान्त पाठक, भारत राजस्थान चितोरगढका ३२ वर्षीय राहुल कुमार माण्डावत रेहेको...
काठमाण्डु, १० मंसिर– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषयमा नअल्झिन सुझाव दिएका छन् । आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र मन्त्रीहरूसँगको सामुहिक छलफलमा...
काठमाण्डु, १० मंसिर– रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन । रुकुमको आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ । घटना गएराति ८ बजेतिरको भएको...
काठमाण्डु, १० मंसिर– दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका–३ घर भई हाल तुलसीपुर–९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी रहेका छन । सोमबार लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा ७प ४९५४ नम्बरको मोटरसाइकल रातो...
काठमाण्डु, १० मंसिर– काठमाण्डु महानगरपालिको जरिवाना पत्र सत्ता घटक दल एमालेले भौतिक रूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ । हिजो आइतबार जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको...
काठमाण्डु, १० मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग परामर्श थालेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मा चीन भ्रमणबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । छलफलमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ...
काठमाण्ड, १० मंसिर– प्रहरीले कपिलवस्तुबाट बाघको छालासहित एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका९५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसा भट्टराई रहेको कपिलवस्तु प्रहीले जानकारी दिएको छ । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ हल्लानगरबाट भट्टराईलाई नियन्त्रणमा लिएको हो...
चितवन, १० मंसिर- नारायणघाट–मुग्लिन सडकको नौकिलोमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश००३००१ ख ३४९० नम्बरको ट्रक पल्टिँदा ट्रक अनियन्त्रित भई पल्टिएको थियो । एकजनाको आइतबारै मृत्यु भएको थियो । दुईजना ट्रकमा च्यापिएका थियो ।...
काठमाण्डु, १० मंसिर– सभामुख देवराज घिमिरेले कम्बोडिया प्रधानमन्त्रीलाई भेटेका छन् । कम्बोडिया भ्रमणमा रहेका घिमिरेले त्यहाँका प्रधानमन्त्री सम्देच हुन मानेट र माथिल्लो सदन सिनेटका अध्यक्ष सम्देच हुन सेनसँग शिष्टाचार भेट गरेको उनको सचिवालयले जनाएको छ । कम्बोडियाको पिस प्यालेसमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक...
काठमाण्डु, १० मंसिर– प्रधानमन्त्री केपी ओलीले कसैले पनि हिंसा, अपमान र विभेद महसुस नगर्ने समाज निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । आइतबारदेखि सुरु लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले महिलालाई वस्तु ठान्ने सामन्ती युगबाट अहिले चेतनागत, मान्यतागत, संवैधानिक, कानूनी र...
काठमाण्डु, १० मंसिर– प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार गरेको अर्र्बौं रकम कम्बोडियाको टेलिकम कम्पनीमा लगानी गरेको भन्दै भ्रम फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ । साइबर अपराधको कसुरमा...
काठमाण्डु, १० मंसिर– निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन र ‘लाउड स्पीकर’ को प्रयोग भएको भन्दै त्यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आयोगको आइतबारको बैठकले निर्वाचन कानुन तथा आचारसंहिता विपरितका कार्य नगर्न तथा नगराउन पुनः सचेत गराएको हो ।...