बाघको छालासहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १२:१४ मा प्रकाशित

काठमाण्ड, १० मंसिर– प्रहरीले कपिलवस्तुबाट बाघको छालासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका९५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसा भट्टराई रहेको कपिलवस्तु प्रहीले जानकारी दिएको छ ।

विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका–२ हल्लानगरबाट भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार साँझ शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त छालाको लम्बाइ ६ फिट रहेको छ । छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा र पनि रहेको प्रहरीले जनाएको छ ।

छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us