समाचार

दुर्गा प्रसाईँ हिरासत फिर्ता

२०८१ मंसिर ११ गते ११:५६

काठमाण्डु, ११ मंसिर– स्वास्थयमा समस्या आएपछि उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हिरासतमा फिर्ता ल्याइएको छ । अदालतको आदेश अनुसार प्रहरीले उनलाई आइतबार साँझ वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको केन्द्रीय साइबर...

सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैनः प्रधानमन्त्री ओली

२०८१ मंसिर ११ गते ११:१३

काठमाण्डु, ११ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको बताएका छन । आज मंगलबार सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई...

काभ्रेमा घाइते अवस्थामा भेटिएका व्यक्तिको मृत्यु

२०८१ मंसिर ११ गते १०:५५

काठमाण्डु, ११ मंसिर– काभ्रेमा घाइते अवस्थामा भेटिएका एक जना व्यक्तिको मृत्यु भएको छ । काभ्रेको धुलिखेल–८ बरकोबोटमा भट्टेडाँडाका करिब ६३ वर्षीय फत्तेबबहादुर तामाङ सोमबार घाइते अवस्थामा फेला परेका थिए । घाइते अवस्थामा भेटिएका उनलाई धुलिखेल अस्पताल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले कार्यलय...

हवाई टिकट नपाउँदा रविलाई काठमाण्डु पठाउने अनिश्चित

२०८१ मंसिर ११ गते १०:४६

काठमाण्डु, ११ मंसिर– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि आज पोखराबाट काठमाण्डु पठाउने भनिए पनि हवाई टिकटको व्यवस्था नहुँदा अनिश्चित भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनलाई...

ममाथि निरन्तर अन्याय भयोः रवि लामिछाने

२०८१ मंसिर ११ गते ८:५०

काठमाण्डु, ११ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभाति रवि लामिछानेले आफूमाथि निरन्तर अन्याय भएको बताएका छन् । लामिछानेले कम्पनीको जिम्मेवारी पूरा गर्दा आफूमाथि निरन्तर अन्याय गरिएको बताएका हुन् । कास्की प्रहरीको हिरासतमा भेटेन पुगेका रास्वपाका नेतासँग लामिछानेले त्यस्तो गुनासो गरेको सो पार्टीका कार्यबाहक प्रवक्ता...

रवि लामिछानेलाई आज काठमाण्डु ल्याइँदै

२०८१ मंसिर ११ गते ८:४०

काठमाण्डु, ११ मंसिर– सहकारी ठगी, संठगित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज काठमाण्डु ल्याइँदैछ । लामिछानेलाई बिहान ९ बजे बुद्ध एयरको उडानमार्फत् काठमाण्डु ल्याउन लागिएको हो । काठमाण्डु जिल्ला अदालतले केही दिनअघि स्वर्णलक्ष्मी बचत तथा...

काठमाण्डुका यी क्षेत्रमा विद्युत लाइन काटिँदै

२०८१ मंसिर ११ गते ८:३१

काठमाण्डु, ११ मंसिर– नेपाल विद्युत प्राधिकरणले काठमाण्डुको लाजिम्पाट, पानीपोखरी र बालुवाटारलगायत क्षेत्रमा आज बिजुली काटिने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो । केवल लाइन विस्तारका लागि...

रवि लामिछानेलाई काठमाण्डु ल्याइने

२०८१ मंसिर १० गते २०:४२

काठमाण्डु, १० मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई मंगलबार काठमाण्डु ल्याइने भएको छ । काठमाण्डुको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाण्डु ल्याउन लागिएको हो । लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी,...

मानव तस्करी आरोपमा पक्राउ परेका एमाले सांसद अधिकारी रिहा

२०८१ मंसिर १० गते २०:०४

काठमाण्डु, १० मंसिर– मानव तस्करी आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले एमाले कोशी प्रदेशका सांसद अधिकारी सोमबार साँझ रिहा भएको जानकारी दिए । जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डुले...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिबारे वर्षमानः मुलुकको अर्थतन्त्र बिचौलियाको हातमा गयो

२०८१ मंसिर १० गते १९:४७

काठमाण्डु, १० मंसिर– पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डका अध्यक्ष नियुक्त गरेको प्रतिक्रिया दिएका छन् । पुनले वर्तमान केपी ओली नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्र नै बिचौलियाको हातमा सुम्पिएको आरोप लगाए । सोमबार बसेको मन्त्रिपरिषद बैठकले...

अन्ततः ओलीले सन्तोषनारायणलाई बनाइछाडे धितोपत्र बोर्डको अध्यक्ष

२०८१ मंसिर १० गते १९:३२

काठमाण्डु, १० मंसिर– नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले श्रेष्ठलाई अध्यक्ष नियुक्त गरेको हो । बोर्डको अध्यक्ष नियुक्तिमा विवाद हुँदा प्रचण्ड नेतृत्वको सरकार ढलेको चर्चा थियो । वर्तमान प्रधानमन्त्री केपी ओलीले श्रेष्ठलाई बोर्ड अध्यक्ष नियुक्त...

कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी

२०८१ मंसिर १० गते १८:२८

काठमाण्डु, १० मंसिर– मानव तस्करीको आरोपमा पक्राउ परेर थुनामा रहेका कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले नेता लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय काठमाण्डुका प्रमुख बसन्त रजौरेले उनीविरुद्ध मुद्दा नचल्ने पत्र प्राप्त हुनासाथ रिहा गरिने जानकारी दिएका छन ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us