समाचार

बाँसबारीमा मोटरसाइकल दुर्घटना, देउवाचोकका देउलाको मृत्यु, तीन घाइते

२०८१ मंसिर ११ गते २०:३२

काठमाण्डु, ११ मंसिर– काठमाण्डु महानगरपालिका–३ बाँसबारीमा सडकमा मंगलबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अरु तीनजना घाइते भएका छन् । बा.प्र–०२–०५०प८३१२ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना हुँदा चालक बुढानीलकण्ठ नगरपालिका देउवाचोकका ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

कुलमानले आफूलाई नटेरेपछि विद्युत नियमन आयोगमार्फत ओलीको चलखेल

२०८१ मंसिर ११ गते २०:२६

काठमाण्डु, ११ मंसिर– विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल नतिर्ने उद्योगको लाइन नकाट्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ । आयोगले अर्बौं रुपैयाँ बक्यौता नतिरेका उद्योगमा विद्युत् कटौती नगर्न भन्दै मंगलबार प्राधिकरणलाई पत्राचार गरेको हो । प्राधिकरणले विद्युत महसुल नतिर्ने उद्योगलाई...

कालीगण्डकी किनारमा भेटियो किशोरको शव

२०८१ मंसिर ११ गते २०:१२

बर्दघाट सुस्तापूर्व, ११ मंसिर– नवलपरासीको (बर्दघाट सुस्तापूर्व) स्थित गैंडाकोट नगरपालिका–३ घोक्रे फाँटस्थित कालीगण्डकी नदी किनारमा १५ वर्षीय किशोरको शव फेला परेको छ । तनहुँको रिसिङ–५ रेसौका गोपाल कुमाल मेत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक कमला नरालका अनुसार कुमाल गत २७...

सहकारी ठगीमा संलग्न प्रहरी इन्स्पेक्टर निलम्बित

२०८१ मंसिर ११ गते २०:०५

काठमाण्डु, ११ मंसिर– नेपाल प्रहरीका एक निरीक्षक (इन्स्पेक्टर) सहकारी ठगी प्रकरणमा निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालये प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो । उनी सहकारी ठगीमा संलग्न रहेर फरार सूचीमा थिए । प्रहरी वृत्तले फरार सूचीमा रहेकाको खोजी गर्ने...

एमाले गफ कम, काम धेरै गर्ने पार्टी होः ओली

२०८१ मंसिर ११ गते १९:५४

काठमाण्डु, ११ मंसिर– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले गफभन्दा धेरै काम गर्ने दाबी गरेका छन् । सामाजिक सुरक्षा दिवसका अवसरमा पार्टी सम्वद्ध मजदुर संगठन नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा ओलीले एमालेले गफमाभन्दा काममा विश्वास गर्ने बताए...

लुम्बीनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित

२०८१ मंसिर ११ गते १८:२२

काठमाण्डु, ११ मंसिर– एमाले बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ । पार्टीलाई हानी नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलोज गर्ने, सामाजिक सञ्जालमा लेख्न लगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको एमालेका एक नेताले जानकारी दिएका छन । बाँके–१ (ख)...

नियमन आयोगको प्राधिकरणलाई निर्देशनः बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू

२०८१ मंसिर ११ गते १८:१५

काठमाण्डु, ११ मंसिर– नियमनकारी निकाय विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई अहिले सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ । हिजो सोमबार आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार बक्यौता उठाउन र अरू निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ । आयोगका अध्यक्ष डा....

काठमाण्डु–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई

२०८१ मंसिर ११ गते १७:२६

काठमाण्डु, ११ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनको लागी काठमाण्डु महानगरपालिका वडा नं–१६ बाट वडा अध्यक्षको उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपालाई सहयोग गर्ने भएका छन् । मंगलबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पन्तले रास्वपाका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर समेत...

रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा ‘अन्य आदेश’

२०८१ मंसिर ११ गते १७:२२

काठमाण्डु, ११ मंसिर– सर्वेच्च अदालतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूविरूद्ध दायर अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमा ‘अन्य आदेश’ दिएको छ । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले फाइल...

‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्पः प्रधानमन्त्री ओली

२०८१ मंसिर ११ गते १७:१८

काठमाण्डु, ११ मंसिर–नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली भन्दा उत्तम विकल्प अरू केही नहुने बताएका छन् । आज मंगलबार एमाले निकट जिफन्टले सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाण्डुमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्...

डीडीसी सुधारका लागि सक्दो प्रयास गर्दैछु: मन्त्री अधिकारी

२०८१ मंसिर ११ गते १६:५३

काठमाण्डु, ११ मंसिर– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थान (डीडीसी)लाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताएका छन । आज (मंगलबार) राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन । उनले डीडीसीको उत्पादनको खपत बढाउन व्यक्तिगत...

सरकार जनताप्रति जिम्मेवार छः प्रधानमन्त्री ओली

२०८१ मंसिर ११ गते १६:४८

काठमाण्डु, ११ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति जिम्मेवार रहेको बताएका छन् । आज (मंगलबार) सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले हरेकले संविधान र कानुन मान्दिन भनेर गयो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us