‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्पः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर–नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली भन्दा उत्तम विकल्प अरू केही नहुने बताएका छन् ।

आज मंगलबार एमाले निकट जिफन्टले सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा काठमाण्डुमा आयोजना गरको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘नेपाल समृद्ध हुनुपर्छ, नेपाली जनता सुखी हुनुपर्छ । त्यसका लागि एक ठाउँमा मात्र प्रयास गरेर हुँदैन ।

सम्पूर्ण ठाउँ, कृषि, उद्योग, शिक्षा,स्वास्थ्यलगायत सबै ठाउँमा ध्यान दिनुपर्छ, ‘यही कुरालाई ध्यानमा राखेर एमालेलाई सरकारमा हुँदा र नहुँदा जिम्मेवार पार्टी भनेका हौँ ।’

प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री भएपछि मुलुकबाट तुइन विस्थापित भएर पुल युगको सुरुवात गरेको भन्दै अहिले त्यो क्रम सुरुङ युगमा प्रवेश गरेको दाबी गरेका छन ।

उनले परिवर्तन गर्न खोज्दा गर्न सकिने भन्दै हुलाकी मार्ग, सयौँ पुल, मदन भण्डारी राजमार्ग, उत्तर दक्षिण करिडोर निर्माण गरेर महत्त्वपूर्ण परिवर्तन गरेको दाबी गरे ।

नेपालमा रोजगारीको अवसर हुँदै नभएको अवस्था नरहेपनि भनेजस्तो नभएको मात्र रहेको ओलीले बताए ।

उनले २०७२ सालपछि नेपालले तीव्र विकास भएपनि अझै बढाउनुपर्ने आवश्यकता रहेको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us