सहकारी ठगीमा संलग्न प्रहरी इन्स्पेक्टर निलम्बित

काठमाण्डु टुडे २०८१ मंसिर ११ गते २०:०५ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– नेपाल प्रहरीका एक निरीक्षक (इन्स्पेक्टर) सहकारी ठगी प्रकरणमा निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालये प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर धर्मेन्द्र अकौलियालाई निलम्बन गरेको हो । उनी सहकारी ठगीमा संलग्न रहेर फरार सूचीमा थिए ।

प्रहरी वृत्तले फरार सूचीमा रहेकाको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरी गत ४ मंसिरमा जिल्ला अदालत काठमाण्डुमा बुझाएको थियो ।

अदालतले अकौलियालाई १ लाख जरिवाना लिएर धरौटीमा छाडेको छ ।

उनी मारुती बचत तथा ऋण सहकारी संस्थामा भएको बचत अपचलनमा संलग्न भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us