समाचार

काठमाण्डु उपत्यकाको तापक्रम निरन्तर घट्दो

२०८१ मंसिर १२ गते १५:५०

काठमाण्डु, १२ मंसिर– पछिल्लो केहि दिन यता संघीय राजधानी काठमाण्डुको तापक्रम निरन्तर घट्दै गएको छ । आज बिहान काठमाण्डुको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री सेल्सियस पुगेको छ। जल तथा मौसम विज्ञान विभागले आज सङ्घीय राजधानीको अधिकतम तापक्रम...

महोत्तरी र पर्साका सीडीओलाई गृहमन्त्री लेखकले सोधे स्पष्टीकरण

२०८१ मंसिर १२ गते १५:३९

काठमाण्डु, १२ मंसिर– गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन । महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाण्डु बोलाएर गृहमन्त्री लेखकले स्पष्टीकरण सोधेका हुन् । कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको...

एमालेलाई १ लाख जरिवाना प्रकरण: कार्यक्रमको भोलिपल्ट पार्टीको झण्डा र रक्सीका बोतलसहित दुई ट्रक फोहोर संकलन

२०८१ मंसिर १२ गते १५:३१

काठमाण्डु, १२ मंसिर– सत्ता घटक दल एमालेले गएको ७ मंसिरमा काठमाण्डुको दरबारमार्गमा कार्यक्रम गर्दा जथाभाबी फोहोर गरेर वातावरण प्रदूषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले १ लाख रुपैयाँ जरिवानाको निर्णय गर्यो । उक्त जरिवानाको एमालेले विरोध गर्दै आएको छ भने काठमाण्डु महानगरपालिकाले कुनै पनि हालतमा तिर्नुपर्ने...

आमा–छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ

२०८१ मंसिर १२ गते १५:२२

काठमाण्डु, १२ मंसिर– प्रहरीले रौतहटको दुर्गा भगवती गाउँपालिकामा आमा छोराको हत्या गरी शव जलाएर फरार भएका एकजनालाई घटनाको ४ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुर्गाभगवती–४ छतौना बस्ने वर्ष ४८ का महमद जनिफ रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी...

प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने

२०८१ मंसिर १२ गते १५:१४

काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने पक्का भएको छ । भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि सहभागी हुने भएका छन । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको...

रास्वपाका प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२०८१ मंसिर १२ गते १४:१५

काठमाण्डु, १२ मंसिर–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रमुख सचेतक परियार मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । मंसिर पहिलो साता रास्वपा प्रवक्ता...

संविधान संशोधन सडकको छलफलको विषय होइन: गगन थापा

२०८१ मंसिर १२ गते १४:०९

काठमाण्डु, १२ मंसिर– कांग्रेस महामन्त्री गगन थापाले सबै दलहरुसँग छलफल गरेर मात्रै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन । आज (बुधबार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । उनले संविधान संशोधनलाई सडकको छलफलको विषय बनाउन नहुने भन्दै कांग्रेस–एमालेले साझा धारणा...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२०८१ मंसिर १२ गते १४:०२

काठमाण्डु, १२ मंसिर– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । पदाधिकारी बैठक आज बुधबार दिउँसो २ बजे माओवादी मुख्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायल जानकारी दिएका छन ।बैठकमा तीन वटा एजेण्डा तय गरिएका छन् । स्थानीय तहको उपनिर्वाचनको विषयमा...

बीआरआईबारे कांग्रेस र एमालेको धारणा फरक छैनः महामन्त्री थापा

२०८१ मंसिर १२ गते १३:४४

काठमाण्डु, १२ मंसिर– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा कांग्रेस र एमालेको समान धारणा रहेको बताएका छन । आज (बुधबार) विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन । उनले यसअघि हस्ताक्षर भएका परियोजना...

सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छः प्रधानमन्त्री ओली

२०८१ मंसिर १२ गते १३:३३

काठमाण्डु, १२ मंसिर– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मिलेर नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने बताएका छन । आज (बुधबार) २१औं राष्ट्रिय ज्यापु दिवसका लागि निमन्त्रणा दिन पुगेको टोली समक्ष प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले नेवारी संस्कृति नेपाली...

१ सय ६० किलोग्राम गाँजा सहित एक जना पक्राउ

२०८१ मंसिर १२ गते १३:०१

काठमाण्डु, १२ मंसिर– प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका २८ वर्षीय अमिर मिया रहेका छन । मियालाई आज बुधबार बिहान १ सय ६० किलोग्राम गाँजा सहित...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठको पहिलो निर्णयः एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

२०८१ मंसिर १२ गते १२:५४

काठमाण्डु, १२ मंसिर– आज बुधबार कार्यभार सम्हाले लगत्तै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएका छन । एभरेस्ट बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अध्यक्ष श्रेष्ठले स्वीकृति दिएका हुन् । एभरेस्ट बैंकले गएको असारमा ऋणपत्र निष्कासनका लागि अनुमति माग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us