काठमाण्डु, १२ मंसिर– आज बुधबार कार्यभार सम्हाले लगत्तै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले एभरेस्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति दिएका छन । एभरेस्ट बैंकको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न अध्यक्ष श्रेष्ठले स्वीकृति दिएका हुन् ।
एभरेस्ट बैंकले गएको असारमा ऋणपत्र निष्कासनका लागि अनुमति माग गरेको थियो । तर अध्यक्ष नहुँदा उक्त प्रक्रिया थन्किएको थियो । निमित्त अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका सहसचिव महेश बरालले यस्ता निर्णयमा हस्ताक्षर गरेका थिएनन् ।
अब एभरेस्ट बैंकले १० वर्षे अवधिका लागि ७.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नेछ ।