१ सय ६० किलोग्राम गाँजा सहित एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १२ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा घर भएका २८ वर्षीय अमिर मिया रहेका छन । मियालाई आज बुधबार बिहान १ सय ६० किलोग्राम गाँजा सहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको प्र.३–०१९०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको गाँजा फेला पारी बोलेरो चालक अमिरलाई पक्राउ गरेको हो ।

साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us