काठमाण्डु, १३ मंसिर–संघीय राजधानी काठमाण्डु विश्वको प्रदूषित सहरको सातौँ स्थानमा परेको छ । काठमाण्डु विश्वकै प्रदूषित सहरको सातौँ स्थानमा पुगेको युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर)ले देखाएको हो । बिहीबार अपरान्ह १२ बजेर १९ मिनेटमा विश्वको प्रदूषित सहर सूचकाङ्कको सातौँ स्थानमा...
काठमाण्डु, १३ मंसिर– आज (बिहिबार) परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन प्रस्थान गरेकी छिन् । मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहने उनको सचिवालय स्रोतले जानकारी दिएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको...
बारा, १३ कात्तिक– बारास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराले हत्याका मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई पक्राउ गरिएको जनाएको छ । प्रधानाध्यापक कुशवाहाको गत ३२ जेठमा बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा गोली हानी हत्या...
काठमाण्डु, १३ कात्तिक– प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ओलीले आज साँझ ५ बजे बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठकमा ओलीको चीन भ्रमण स्वीकृत गर्ने कार्यसूची छ । यस्तै ओली भ्रमणको एजेण्डाबारे समेत छलफल हुने बताइएको छ । ओली आगामी...
मकवानपुर, १३ कात्तिक– मकवानपुरमा एक व्यक्तिले सुतिरहेका साथीको हत्या गरेका छन् । मनहरी गाउँपालिका–६ प्रतापुर लच्काका अम्मरबहादुर लोप्चनले आफनै घरमा सुतिरहेका ५० वर्षीय जीतबहादुर मोक्तानको साबेलले हिर्काएर हत्या गरेका हुन् । मकवानपुर प्रहरीका अनुसार लोप्चनले सुतिरहेका मोक्तानलाई बिहीबार बिहान साबेलले हानेर हत्या गरेका हुन्...
भक्तपुर, १३ कात्तिक– भक्तपुरको गठ्ठाघर चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको । मृत्यु हुनेमा ४१ वर्षीया नवीना देउवा छिन् । भक्तपुरबाट काठमाण्डुतर्फ जाँदै गरेको ना८ख २३११ नम्बरको ट्रकले बिहीबार बिहान ७ बजे सोही दिशामा रहेको देउला सवार बा.प्र.०२–०३८प४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिएको...
काठमाण्डु, १३ कात्तिक– आज राति १२ बजेदेखि स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु हुँदैछ । आगामी १६ मंसिरमा विभिन्न स्थानीय तहमा ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले मतदानभन्दा ४८ घण्टाअघि मौन अवधि सुरू हुने जनाएको छ । मौन अवधिमा उम्मेदवारले चुनाव प्रचार,...
काठमाण्डु, १३ मंसिर- परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन भ्रमणमा जाँदैछिन् । प्रधानमन्त्री केपी ओलीको भ्रमणका तयारीका राणा त्यसतर्फ जान लागेकी हुन् । ओलीले १७ देखि २० मंसिरसम्म चीन भ्रमण गर्दैछन् । गत असार अन्तिममा प्रधानमन्त्री बनेका ओलीको यो पहिलो औपचारिक विदेश भ्रमण हो...
काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको कार्यक्षमता देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । बुधबार सिंहदरबारमा मन्त्री र सचिवहरुको सामूहिक बैठक बोलाएर ओलीले मन्त्रीहरुलाई हप्कीदप्की गरेका हुन् । ओलीले कार्यक्षमता कमजोर भएका मन्त्री हटाउनेसम्मको चेतावनी पनि दिए । उनले मन्त्रीहरुलाई देखिने गरी प्रभावकारी...
काठमाण्डु, १२ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा सुशासनको पक्ष र भ्रष्टाचारविरुद्ध अभिमत प्रकट गर्न मतदातालाई अपिल गरेका छन् । बुधबार एक भिडियो सन्देश जारी गर्दै उनले उपनिर्वाचनमार्फत व्यक्त हुने जनमतको मुलुकका लागि विशेष...
काठमाण्डु, १२ मंसिर– सट्टेबाजी (जुवा) खेलाएको आरोपमा प्रहरीको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ अफलटोल बस्ने ३७ वर्षीय सुनिल राई छन् । एसपी आचार्यका अनुसार पक्राउ परेका...
बाजुरा, १२ मंसिर– बाजुराको स्वामीकार्तिक गाउँपालिका उपाध्यक्षमा माओवादी र एमालेबीच तालमेल भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि माओवादीबाट राजुकुमारी विकले उम्मेदवारी दिएकी थिइन् । विकले उम्मेदवारी फिर्ता लिएर एमाले उम्मेदवार सुलोचना भण्डारी बुढालाई समर्थन गरेकी छन् । विक उम्मेदवारी फिर्ता लिएर भण्डारीको...