परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– आज (बिहिबार) परराष्ट्रमन्त्री आरजु राणा देउवा चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन प्रस्थान गरेकी छिन् ।

मन्त्री राणा मङ्सिर १५ गतेसम्म चीन भ्रमणमा रहने उनको सचिवालय स्रोतले जानकारी दिएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल हुने बताइएको छ ।

राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको प्रररामन्त्रालयले स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us