क्याम्पस प्रमुखको हत्याका मुख्य आरोपी पक्राउ

काठमाण्डु टुडे २०८१ मंसिर १३ गते ९:४४ मा प्रकाशित

बारा, १३ कात्तिक– बारास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहा हत्यामा संलग्न मुख्य आरोपी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले हत्याका मुख्य आरोपी सुरेन्द्र कुशवाहालाई पक्राउ गरिएको जनाएको छ ।

प्रधानाध्यापक कुशवाहाको
गत ३२ जेठमा बाराको आदर्शकोतवाल गाउँपालिका–३, बतरामा गोली हानी हत्या भएको थियो ।

जग्गा विवादमा कुशवाहाको गाली हानी हत्या भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनले औंल्याएको छ ।

गम्भीर घाइते कुशवाहाले मृत्युअघि आफूमाथि गोली प्रहारमा सुरेन्द्रको संलग्नता रहेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us