काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुको कार्यक्षमता देखिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बुधबार सिंहदरबारमा मन्त्री र सचिवहरुको सामूहिक बैठक बोलाएर ओलीले मन्त्रीहरुलाई हप्कीदप्की गरेका हुन् ।
ओलीले कार्यक्षमता कमजोर भएका मन्त्री हटाउनेसम्मको चेतावनी पनि दिए । उनले मन्त्रीहरुलाई देखिने गरी प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए ।
उनले मन्त्री र सचिवले मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए । काम नगर्ने सचिवसहितका कर्मचारीको सरुवा मात्र नभई उनीहरुमाथि कारबाही गरिने चेतावनी उनको छ ।
मन्त्री र कर्मचारी प्रक्रियाका नाममा अल्मलिएको टिप्पणी गर्दै ओलीले जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।